![]()
चितवन । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने सरकारले विकासका क्षेत्रमा चमत्कार गर्ने बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्र चितवनले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै अध्यक्ष दाहालले भ्रष्टाचार अन्त्य गर्दै सुशासनमार्फत मुलुकलाई समृद्धिको मार्गमा लगिने दाबी गर्नुभयो ।
अध्यक्ष दाहालले एमाले–माओवादीको पार्टी एकतालाई भाँड्न जति प्रयास भएपनि ती सफल हुने बताउनुभयो । दहालले भन्नुभयो, “एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न भएका छन । त्यस्ता कुनै पनि प्रयन्तलाई असफल पारेर नेपाली जनताको चाहनाबमोजिम एकता प्रक्रियालाई सार्थक निष्कर्षमा र्पुयाउन हामी प्रतिबद्ध छौँ ।”
पार्टी एकता सम्मानजनक रुपमा हुने उहाँको बिश्वास थियो ।


