Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

पोखरा,माघ ।
प्रदेश–४ को पहिलो बैठक आज बस्दैछ । बैठकको सबै तयारी पूरा भएको छ । बैठकमा सहभागी हुन प्रदेश सदस्यहरू पोखरा आइरहेका छन् । पहिलो बैठकमा सहभागी हुन सचिवालयले प्रदेश सदस्यलाई निमन्त्रणासमेत पठाएको छ । बैठक पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा हुँदैछ । बिहान ११ बजे बैठक सुरु हुने सचिवालयले जनाएको छ । त्यसका लागि सोमबार बिहान साढे १० बजे नै प्रदेशसभास्थलमा आइसक्न सदस्यलाई खबर गरिएको छ । बैठकमा सहभागी हुन सदस्यहरू उत्साहसाथ पोखरा आएका छन्।
निर्वाचनको अन्तिम परिणाम घोषणाको २० दिनभित्र प्रदेशसभाको पहिलो बैठक बस्नैपर्ने संवैधानिक बाध्यताअनुसार सोमबारका लागि बैठक आह्वान गरिएको बैठकको अध्यक्षता गर्ने जेष्ठ सदस्य ६७ वर्षीय जनकलाल श्रेष्ठले बताए । सभामुख चयन नभइसकेको अवस्थामा बैठकको अध्यक्षता जेष्ठ सदस्य श्रेष्ठले गर्नेछन् ।
प्रदेश ४ मा ११ जिल्लाका कुल ६० जना प्रदेशसभा सदस्य छन् । यीमध्ये ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक सदस्य हुन् । तीमध्ये ५९ जना सदस्यमात्र बैठकमा सहभागी हुन पाउनेछन् । पहिलो बैठक सहभागी हुन पाउँदा निकै उत्साह जागेको कास्कीका सदस्य बिन्दुकुमार थापाले बताए ।
बैठकको व्यवस्थापनका लागि आएका संघीय संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले तयारी पूरा भएको बताए । उनका अनुसार बैठक सञ्चालन गर्दा चाहिने ससाना प्राविधिक पक्षसमेत परीक्षण गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.