Breaking News.... EverestOnlineKhabar
June 26, 2026

ओली र दाहाललाई फकाउँदै राष्ट्रपति भण्डारी,राष्ट्रपतिमा दोहोरिने इच्छा

Loading

काठमाडौ,माघ ।
राष्ट्रपतिमा दोहोरिन राष्ट्रपति विद्यादेवि भण्डारी तिव्र चलखेलमा लाग्नुभएको छ । राष्ट्रपति भण्डारीले पार्टी एकताको घनीभूत छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग‘लन्च मिटिङ’ गरेकी छन् । शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवास बोलाई झन्डै पाँच घण्टा लामो भेट गरेकी हुन् । दुई अध्यक्षसँग राष्ट्रपतिको भेटबारे राष्ट्रपतिका प्रमुख स्वकीयसचिव डा.भेषराज अधिकारीले पुष्टि गरेका छन् ।
तर, माओवादी केन्द्रका अध्यक्ष दाहालनिकट स्रोतका अनुसार राष्ट्रपतिले दुई अध्यक्षलाई आमन्त्रण गरी गरेको लन्च छलफलमा उनले दुई कम्युनिस्ट पार्टीको एकता प्रक्रियादेखि नयाँ राष्ट्रपति चयनसम्मका विषयमा जिज्ञासा राखेकी थिइन् । अनौपचारिक कुराकानीमा अत्यन्त खुलेरै तीन नेताबीच कुराकानी भएको शीतलनिवास स्रोतले बतायो । उक्त छलफलमा राष्ट्रपति भण्डारीले राष्ट्रपतिमा पुनः दोहोरिने इच्छा प्रकट गरेकी थिइन् ।
आफूहरू (भण्डारी र नन्दबहादुर पुन) ले लामो समय कार्यकाल सम्हाल्न नपाएको तर्क राख्दै भण्डारीले नयाँ राष्ट्रपति÷उपराष्ट्रपति चयन गर्दा राष्ट्रलाई पर्न आउने व्ययभार, आफूहरूको अनुभव, पार्टीदेखि राष्ट्रको परिवर्तनका पक्षमा गरेको योगदानलगायत सम्मानका लागि भए पनि दोहोर्‍याउन आग्रह गरेकी थिइन् ।
एमाले अध्यक्ष ओली आफ्नो पक्षमा सकारात्मक नै रहेको ठानेकी भण्डारीले दुवै नेतालाई सँगै राखेर आफूहरूको निरन्तरताको प्रतिबद्धता चाहेकी स्रोत बताउँछ । राष्ट्रपति भण्डारीले पुनः राष्ट्रपतिमा दोहोरिने इच्छा यसअघि माओवादी अध्यक्ष दाहालसँग राखिसकेकी थिइन् । भण्डारीले दाहाल परिवारलाई २८ पुसमा शीतलनिवासमै बोलाएर डिनर दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.