Breaking News.... EverestOnlineKhabar
June 27, 2026

राष्ट्रियसभा चुनावः मौन अवधि सुरु, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

Loading

काठमाडौ,माघ ।
माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । आइतबार राति १२ बजेबाट मौन अवधि सुरू भएको हो । निर्वाचन आयोगले आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको र निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, नागरिक समाज र आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने जनाएको छ ।
मौन अवधि सुरू भएपछि उम्मेदवारले मतदान केन्द्रको ३ सय मिटर वरपर रहेका प्रचार सामग्री हटाउनु पर्नेछ भने एसएमएस, फेसबुक, भाइबरजस्ता कुनै पनि माध्यमको प्रयोग गरेर मत आकर्षित गर्न पाउने छैनन् । आयोगले सञ्चार माध्यमलाई समेत समाचार सम्प्रेषणमा सचेत हुन अनुरोध गरेको छ ।
आयोगका अनुसार, निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सञ्चार माध्यमले समाचार प्रकाशन प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्न पाउँदैन ।
प्रत्यक्षतर्फ ५६ सदस्यका लागि उम्मेदवार मनोनयन भए पनि २४ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । अब बाँकी ३२ सिटका लागि बुधबार निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार ३२ सिटमा ५२ जनाले प्रतिष्पर्धा गर्दैछन् । ५९ सदस्यीय रहने राष्ट्रियसभाका ३ सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.