Breaking News.... EverestOnlineKhabar
June 27, 2026

युद्धकालिन मानसिकता त्याग्न अमेरिकालाई चीनको चेतावनी

Loading

बीबीसी । चीनले अमेरिकालाई शीतयुद्धकालिन मानसिकता छोड्न चेतावनी दिएको छ । वासिङ्टनले आणविक शस्त्रलाई साना बममा परिवर्तन गर्ने र परमाणु अस्त्र विविधिकरण गर्ने योजना बनाएपछि चीनको यस्तो भनाइ सार्वजनिक भएको हो ।

अमेरिकी सेनाले आणविक हतियार प्रयोग गर्न मुस्किल भएको जनाउँदै साना किसिमका बम विकसित गर्न चाहेको जनाएको छ । सानो आकारका कम शक्तिशाली बम भए पनि ती विध्वंशात्मक हुन्छन् । यस्तै शक्तिको बम जापानको नागासाकी शहरमा खसाल्दा ७० हजार मानिस मारिएका थिए ।

चीनले पेन्टागनको आणविक नीतिको समीक्षालाई औपचारिक रुपमा विरोध गरेको छ । अमेरिकी सेनाले यस्तो अवधारणा सन् २०१० पछि पहिलो पटक तयार पारेको हो । आफ्नो आणविक नीति भने रक्षात्मक प्रकृतिको भएको चीनको जिकिर छ ।

रुसले पनि अमेरिकी योजनाको भर्त्सना गर्दै आफ्नो मुलुकको सुरक्षाको निश्चितताका लागि आवश्यक उपायहरु अपनाउने जनाएको छ । अमेरिकाले चीन, रुस, उत्तर कोरिया र इरानबाट सम्भावित चुनौती रहेको उल्लेख गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.