![]()
रुपन्देही,माघ ।
रुपन्देहीको सैनामैना नगरपालिकाका नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीले तालाबन्दी गरेका छ । स्वास्थ्य चौकीमा कर्मचारी छनौट प्रकृयामा अनियमितता भएको आरोप लगाउँदै संघले प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
नगरपालिकाले पर्रोहा स्वास्थ्य चौकीमा आमा सुरक्षा कार्यक्रम अन्तर्गत २४ घण्टे प्रसूती सेवामा करारमा नियुक्त गर्दा कार्यरत कर्मचारीलाई हटाई नयाँ कर्मचारी भर्ना गरेको तथा भर्ना प्रकृयासमेत त्रुटीपूर्ण रहेको भन्दै तालाबन्दी गरिएको हो । उक्त निर्णयलाई नसच्याउँदासम्म तालाबन्दी जारी रहने संघले चेतावनी दिएको छ । तर,नगरप्रमुखले भने कर्मचारी छनौटमा कुनै अनियमितता नभएको दावी गरेका छन् ।


