Breaking News.... EverestOnlineKhabar
August 10, 2026

एमाले–माओवादी एकता प्रक्रियाः संयोजन समितिको बैठक बस्दै

Loading

काठमाडौ,माघ ।
नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ । बैठक ३ बजे एमाले दलको कार्यालय सिंहदरवारमा बस्ने तय भएको छ । बैठकमा पार्टी एकता, सरकार गठन लगायतका विषयमा छलफल हुने जनाइएको छ । पार्टी एकता सरकार गठनअघि कि पछि भन्नेमा एमाले र माओवादीबीच अझै कुरा मिलेको छैन । साथै एकीकृत पार्टीको नेतृत्व, कार्यदिशालगायत विषय पनि सहमति जुट्न सकेको छैन् ।
माओवादीले सरकार गठन अघि नै पार्टी एकता गर्नुपर्ने र एकीकृत पार्टीको नेतृत्व आफूलाई दिनुपर्ने अडान राख्दै आएको छ । तर, पद बाँडफाँट र कार्यदिशामा कुरा नमिलेकाले एमाले र माओवादी बीचको पार्टी एकता सरकार गठनपछि मात्रै हुने सम्भावना छ ।
माओवादी नेता जनार्दन शर्माले सरकार गठनअघि नै एकता हुनुपर्ने जिकिर गरे । उनले भनेः‘एकतासम्बन्धी छलफल सकारात्मक छ, सरकार गठनअघि नै एकता हुन्छ र यो छिटै टुंगो लाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed