![]()
काठमाडौ,माघ ।
नेकपा एमालेका बरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनाल ईरानको राजधानी तेहरान प्रस्थान गर्नुभएको छ । एशियाली राजनीतिक पार्टीहरुको अन्र्तराष्ट्रिय बैठकको २९ औं स्थायी कमिटीको बैठक र बहुचर्चित शिल्करोड सम्वन्धि सम्मेलनमा भाग लिन पूर्वप्रधानमन्त्री खनाल इरानको राजधानी तेहरान प्रस्थान गर्नुभएको हो ।
आयोजकले बरिष्ठ नेता खनाललाई उक्त सम्मेलनको बिशेष वक्ताको रुपमा निमन्त्रणा गरेको हो । नेता खनाल कतार एयरलायन्सबाट तेहरान प्रस्थान गर्नुभएको हो । सम्मेलनमा एशिया,युरोप,अफ्रिका महादेश २४ मुलुकका ३८ राजनीतिक दलका प्रभावशाली नेताहरुको सहभागिता रहनेछ । इरान बसाईको क्रममा बरिष्ठ नेता खनालले विभिन्न मुलुकका राजनीतिक पार्टीका बरिष्ठ नेताहरुसंग भेटवार्ता गर्नुका साथै इरानी सरकारको मेतालेफेह पार्टीका शीर्ष नेताहरुसंग द्धिपक्षिय एंव उच्चस्तरिय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
पूर्वप्रधानमन्त्री खनालले सम्मेलनमा ‘शिल्क रोडमा राजनैतिक पार्टीको भूमिका· विषयमा विशेष वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


