Breaking News.... EverestOnlineKhabar
June 24, 2026

राष्ट्रियसभा निर्वाचन नभएसम्म सत्ता हस्तान्तरण हुँदैन : रक्षा मन्त्री

Loading

काठमाडौं । रक्षामन्त्री भिमसेनदास प्रधानले वर्तमान राष्ट्रिय सभा निर्वाचन नभएसम्म सत्ता हस्तान्तरण गर्न नसकिने बताएका छन ।
काठमाडौं सुन चाँदी व्यवसायी संघले गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री प्रधानले राष्ट्रिय सभा निर्वाचनलगत्तै सत्ता हस्तान्तरण गरिने जानकारी दिएका हुन ।

उनले भने, ‘संविधानले गरेको व्यवस्थाअनुसार राष्ट्रिय सभा निर्वाचनपछि मात्रै संघीय संसदले पूर्णता पाउँछ, त्यही भएर राष्ट्रिय सभा निर्वाचनपछि मात्रै सत्ता हस्तान्तरण गर्छौं ।’

मन्त्री प्रधानले राष्ट्रिय सभाको निर्वाचनका विषयमा निर्वाचन आयोगसँग सरकारले परामर्श गरिरहेको र छिट्टै बस्ने मन्त्रिपरिषद बैठकले मिति तय गर्ने पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed