Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

बिबिसि । उत्तर कोरियाली नेता किम जङ अनले आफ्नो देश परमाणु अस्त्र सम्पन्न भएको दोर्होयाउँदै त्यसको ’बटन’ आफूसंग रहेको चेतावनी दिएका छन ।

उनले सम्पूर्ण अमेरिकी मूलभूमिमा प्रहार गर्न सक्ने सामथ्र्य भएका परमाणु अस्त्र उत्तर कोरियाले विकास गरिसकेकाले अब वाशिङटनले कहिल्यै पनि युद्ध शुरु नगर्ने दाबी गरे । उत्तर कोरियाको सुरक्षामाथि जोखिम नभएसम्म परमाणु अस्त्रको प्रयोगको आदेश नदिने उनले बताए ।

दक्षिण कोरियाका बारेमा सकारात्मक धारणा राख्ने क्रममा किमले वार्ताका लागि आफू सकारात्मक भएको बताए ।  किमले आफूले भनेका कुरा धम्की मात्र नभई वास्तविकता भएको पनि उल्लेख गरेका छन् ।

किमले आगामी फेब्रुअरीमा दक्षिण कोरियामा आयोजना हुने शीतकालीन ओलिम्पिक्समा प्रतिनिधिमण्डल पठाउनेबारे आफूले सोचिरहेको जनाएका छन् ।

दक्षिण कोरियाले लामो समयदेखि सो प्रतियोगितामा प्योङयाङको सहभागिता हुँदा त्यसले कोरियाली प्रायद्वीपमा जारी तनाव कम गर्न सहयोग गर्न सक्ने बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed