Breaking News.... EverestOnlineKhabar
June 24, 2026

एसेज शृंखलामा पहिलो जित हात पार्ने इङ्ल्यान्डको लक्ष्य असफल

Loading

एजेन्सी । कप्तान स्टिभ स्मिथले शतक प्रहार गरेपछि अस्ट्रेलियाले चौथो टेस्ट बराबरी गरेको छ । यसबाट एसेज शृंखलामा पहिलो जित हात पार्ने इङ्ल्यान्डको चाहना पनि अधुरै रह्यो ।

पाँचौं तथा अन्तिम दिन अस्ट्रेलियाले २६३–४ मा दोस्रो इनिङ समाप्तिको घोषणा गरेसँगै टेस्ट बराबरीमा सकिएको थियो । स्मिथले अविजित १ सय २ रन जोड्दा डेभिड वार्नरले ८६ रन जोडे । २ सय ७५ बल खेलेका वार्नरले ६ चौका प्रहार गर्दा २ सय २७ बलको सामना गरेका वार्नरले ८ चौका प्रहार गरे ।

त्यस्तै सन मार्सले अविजित २९ रन जोडे । १ सय ६६ बल खेलेका मार्सले ३ चौका प्रहार गरे । इङल्यान्डका स्टुवार्ट ब्रोड, जेम्स एन्डरसन, कप्तान जो रुट र क्रिस ओक्सले समान १र१ विकेट लिए । यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा ३ सय ३७ रन जोड्दा इङ्ल्यान्डले ओपनर एलेस्टर कुकको कीर्तिमानी दोहोरो शतकमा पहिलो इनिङमा ४ सय ९१ रन जोडेको थियो । सुरुआती तीन टेस्ट जित्दै अस्ट्रेलियाले एसेज शृंखला ३–० ले आफ्नो पक्षमा पारिसकेको छ ।

पाँचांै तथा अन्तिम टेस्ट ४ जनवरीबाट सिड्नीमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed