Breaking News.... EverestOnlineKhabar
August 12, 2026

परम्परा तोड्दै बुहारीद्वारा सासुलाई दागबत्ती

Loading

लमजुङ । परम्परालाई तोड्दै लमजुङमा बुहारीले सासुलाई दागबत्ती दिएकी छन् । दोर्दी गाउँपालिका २ अर्चलबाट कुँवर गाउँ निवासी सोविता कुवँरले आफ्नो सासुआमालाई दागबत्ती दिएकी हुन् ।

मृतक वुद्धिमायाको एक मात्र छोरा रहेको र उसको पनि यसअघि नै मृत्यु भइसकेकोले बुहारी सोविताले नै दागबत्ती दिइ किरिया गरेकी हुन् । अझै पनि हाम्रो समाजमा महिलाले मृत शरीरलाई नछुने परम्परा छ । ‘सोविताले भनिन, ‘यो परम्परालाई तोड्न आँट गरे । ’

अर्चलबोट निवासी बुद्धिमाया कुँवरको ७० वर्षको उमेरमा मृत्यु भएको थियो । महिलाहरूले शवलाई नछुने, मलामी तथा चितासम्म जानुहुन्न भन्ने परम्परा रहे पनि अब त्यो अन्त्य भएको सोविताका छिमेकीले पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed