![]()
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दासढुंगा घटनामा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपाली कांग्रेसको कुनै हात नभएको स्पष्ट पारेका छन ।
एमालेका उपाध्यक्ष बामदेव गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेताले पौडेलले भने, ‘ दासढुंगा घटनामा गिरिजा र नेपाली कांग्रेसको कुनै हात छैन । यो म ठोकुवा गरेर भन्छु ।’
नेता पौडेलले यो पुस्तकमा गिरिजालाई कताबाट खोजिएको छ भन्ने कुरा आफूलाई थाहा नभएको बताए । उनले भने, ‘ यो पुस्तकमा कता कता गिरिजा र कांग्रेसलाई दासढुंगाको प्रसंग जोड्न खोज्या हो जस्तो लागेको छ ।’
यसो भनिरहँदा पुस्तकका लेखकप्रति नेता पौडेलले असन्तोष जाहेर गरेका थिए ।


