![]()
एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुरले भारतीय व्यापारी आनन्द आहुजासँग विवाह गर्ने भएकी छिन् । बलिउड चर्चित अभिनेता अनिल कपुरकी छोरी रहेकी अभिनेत्री सोनमले सन् २०१८ मा व्यापारी आहुजासँग विवाह गर्ने घोषणा गरेकी हुन् । विवाह जोधपुरमा गरिने समेत तय गरिएको उनले बताइन ।
अभिनेत्री सोनम र आहुजा तीन वर्ष देखि प्रेममा थिए । अभिनेत्री सोनम बलिउडमा कलाकारका रूपमा स्थापित छिन् । उनी बलिउड क्षेत्रकी एक फेसनमैत्री अभिनेत्रीका रूपमा प्रख्यात छिन् ।
सोनम र आनन्दबीच गत वर्ष नै इन्गेजमेन्ट भइसकेको हल्ला चर्चामा छ । हाल लन्डनमा छुट्टी मनाउन गएको यो जोडीले सामाजिक सञ्जालमा फोटो पोष्ट गरेका छन् ।


