![]()
काठमाडौं । विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर्समा भैरहवा ग्लाडिएटर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगर फाइनलमा पुगेको हो ।
किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भैरहवाले दिएको १२८ रनको लक्ष्य विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै फाइनल यात्र तय गर्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले पूरै २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । अब विराटनगरले उपाधिको लागि दोस्रो क्वालिफायर्सको बिजेतासँग शनिबार खेल्नेछ ।


