![]()
चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तामा रहेपनि नरहेपनि देश र जनताको पक्षमा कांग्रेस सधैं रहिरहने बताउनु भएको छ ।
चितवनको सौराहामा आयोजित १४औं चितवन हात्ती महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कांग्रेस सदैव देश र जनताको पक्षमा भएकाले कम्युनिष्ट पार्टी जस्ता सत्तालाई सर्वोपरी नठान्ने धारणा राख्नुभयो ।
प्रधानमन्त्री देउवाले पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको अंगकोरुपमा लिनुपर्नेमा जोड दिंदै हात्ती महोत्सवले समग्र देशलाई नै अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले नारायणगढ–मुग्लिन सडकखन्ड अहिलेसम्म पनि नबन्दा आफू दुखित भएको भन्दै छिट्टो निर्माण गर्न निर्माण कम्पनीहरुलाई निर्देशनसमेत दिनुभयो ।
सो अवसरमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठसहित विभिन्न संरक्षणकर्मीहरुलाई सम्मानित गरिएको थियो ।


