Breaking News.... EverestOnlineKhabar
June 24, 2026

अमेरिकाद्वारा राष्ट्रसंघलाई दिंदै आएको बजेट कटौती

Loading

बिबिसि । अमेरिकाले संयुक्त राष्ट्रसंघलाई दिंदै आएको बजेट कटौती गरेको छ । इजरायलको राजधानी जेरुसेलम मान्नुपर्ने अमेरिकी निर्णयमा भएको मतदानमा बाँकी विश्वले अमेरिकाविरुद्ध मत दिएपछि ट्रम्प प्रशासनले राष्ट्रसंघलाई दिने रकम नै कटौती गरेको हो ।

जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिनुपर्ने ट्रम्पको निर्णयमा अमेरिका एक्लिएको थियो । राष्ट्रसंघमा मतदान हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्णयमा नसघाउनेहरुलाई सहयोग रोक्ने चेतावनी दिएका थिए ।

राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि निकी हेलीले राष्ट्रसंघलाई दिइने सन् २०१८ र १९ को बजेटमा २८५ मिलियन डलर कटौती गर्ने जानकारी दिएका हुन् । उनले राष्ट्रसंघको व्यवस्थापन र सहयोगी मिसनमा पनि कटौती गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed