![]()
बिबिसि । अफगानिस्तानको राजधानी काबुलस्थित गुप्तचर निकायको परिसरमा आत्मघाती विस्फोट भएको छ । घटनामा ६ जनाको ज्यान गएको छ भने अन्य तीनजना घाइते भएका छन् ।
गुप्तचर निकायका कर्मचारीहरु काम गर्न गइरहेका बेला पैदल रहेका आक्रमणकारीले विस्फोट गराएको बिबिसिले उल्लेख गरेको छ । पीडित हुनेमा नजिकैबाट गुज्रिरहेको गाडीमा रहेका महिलाहरु पनि रहेका छन् ।
इस्लामिक स्टेट आइएसले घटनाको जिम्मेवारी लिएको छ । पछिल्ला महिनाहरुमा अफगानिस्तानमा बम विस्फोटका घटना बढेका छन् ।
गत अक्टोबरमा एउटा शिया मस्जिदमा विस्फोट गराइँदा ३९ जना मारिएका थिए ।
अमेरिकी नेतृत्वको फौजले सन् २००१ मा तालेबानहरुलाई सत्ताबाट हटाएपछि अफगानिस्तानमा गराइएको सबभन्दा ठूलो हमला थियो ।


