Breaking News.... EverestOnlineKhabar
June 25, 2026

भैरहवा ग्लाडिएटर्स र बिराटनगर वारियर्स इपिएल क्रिकेटको प्लेअफमा, काठमाडौं किङ्स बाहिरियो

Loading

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्स प्लेअफमा प्रवेश गरेको छ । पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै भैरहवा अन्तिम चारमा पुगेको हो ।

१०९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भैरहवाले १७.४ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । भैरहवाको जितमा आरिफ शेखले नटआउट ४८ रनको योगदान दिए । त्यस्तै, कप्तान शरद भेषवाकरले नटआउट ३२ रनको पारी खेले ।

पोखराका लागि ताज वालीले २ र कप्तान शक्ति गौचनले १ विकेट लिए । यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १८.३ ओभरमा अलआउट हुँदै १०८ रन बनाएको थियो । पोखराका लागि इस्रर उल्लाहले उत्कृष्ट ब्याटिङ गर्दै ४१ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भैरहवाका लागि कप्तान शरद भेषवाकर, कृष्ण कार्की र दिपेश श्रेष्ठले समान २–२ विकेट लिए । ४ खेलबाट ३ खेलमा जित र १ खेलमा हार ब्यहोरेको भैरहवा ६ अंकसहित क्वालिफाइङ राउण्डमा प्रवेश गरेको हो ।

यसअघि पहिलो खेलमा विराटनगर वारियर्स लिग चरणको सबै खेलमा जित हात पार्दै प्लेअफमा पुगेको छ । काठमाडौं किंग्स इलाभेन ८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed