![]()
काठमाडौंं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले कांग्रेसमा सुधारको खाँचो रहेकाले अब आफै पहल गर्ने बताउनु भएको छ ।
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर–१० ले राजधानीमा गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा बोल्दै नेता सिंहले निर्वाचनमा कांग्रेसले कमजोर नतिजा ल्याएकाले यसको जिम्मेवारी पार्टीले लिनुपर्ने बताउनुभयो ।
सिंहले भन्नुभयो, –‘कांग्रेसका शुभेच्छुक र कार्यकर्ताले पार्टीमा सुधारको आवश्यकता छ भनेर मलाई सुझाव दिइरहेका छन, पार्टी सुधारका लागि सभापतिलाई दबाब दिन्छु । ’
समानुपातिकमा प्राप्त मतले कांग्रेसप्रतिको जनताको मोह स्पष्ट देखिएको बताउँदै नेता सिंहले कांग्रेसको परिस्थिति चाँडै सुध्रिनै दाबी गर्नुभयो ।


