Breaking News.... EverestOnlineKhabar
June 25, 2026

पार्टी एकताका लागि माओवादी केन्द्रका जनवर्गीय संगठनको ‘होस्टेमा हैंसे’

Loading

काठमाडौ । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकीकरणलाई चाँडै तार्किक निष्कर्षमा पुर्याउन माओवादी केन्द्रका जनवर्गीय संगठनहरु जुर्मुराएका छन । निर्वाचनमा अभूतपूर्व सफलता पाएपछि एकता हुन नदिने तत्वहरु सल्बलाएको भन्दै एकतालाई छिटो सार्थक निष्कर्षमा पुर्याउन बिशेष पहल गर्ने निर्णयसमेत उनीहरुले गरेका छन ।

राजधानीको नयाँ बानेश्वरमा जनवर्गीय संगठनका उपलब्ध अध्यक्ष तथा युवा नेताहरुको संयुक्त बैठकले पार्टी एकतालाई सम्मानजनक बनाउन पहल गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हिमाल शर्माका अनुसार पार्टी एकताका लागि जनबर्गिय संगठनका नेताहरुले एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुसंग चाँडै छलफल गर्नेछन । निर्वाचनबाट वाम गठबन्धनलाई जनताले अनुमोदन गरिसकेकाले त्यसलाई व्यवहारिकरुपमा लैजान युवा नेताहरु नै जागरुक भएको उनले बताए । शर्माले भने, ‘एमाले र माओवादीका युवा नेताहरुको पनि संयुक्त बैठक बस्ने तयारी भइरहेको छ । ’

बैठकमा सहभागी अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले पनि एकता अघि पर्याप्त छलफल र बहस आवश्यक रहेकाले दुबै पार्टीका नेतृत्वलाई त्यसैअनुसार सुझाव दिइने जानकारी दिए ।

छलफलमा शर्मा र तामाङसहित वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’, जनसाँस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्री, अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिवप्रसाद कोइराला ‘ज्वाला’ रामदीप आचार्य, रमेश मल्ल, नरेन्द्र न्यौपानेलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed