Breaking News.... EverestOnlineKhabar
June 25, 2026

रेशम चौधरीको बिपक्षमा सर्वोच्चको फैसला, सांसद बन्ने बाटो रोकियो

Loading

काठमाडौं । सर्वोच्च अदालतले राजपाबाट प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेका रेशम चौधरीको बिपक्षमा फैसला सुनाउँदै उनको सांसद बन्ने बाटो समेत रोकेको छ ।

फरार रहेकै अवस्थामा कैलाली १ बाट चुनाव जित्दा पनि निर्वाचित भएको प्रमाणपत्र नपाएपछि उनी सर्वोच्च गएका थिए । उनले वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गरेका थिए । चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् ।

न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले चौधरीको रीठ दरपीठ सम्बन्धी रजिष्टारको आदेश कानुनसम्वत भएको फैसला सुनाएको हो । आदेशमा कर्तव्य ज्यान मुद्धाको अभियोग लागेका चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पूर्जी अवज्ञा गरेको उल्लेख छ । सर्वोच्चले फरार अभियुक्तलाई जुन सुकैबेला पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने प्रवधान समेत स्मरण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed