Breaking News.... EverestOnlineKhabar
June 25, 2026

राष्ट्रसंघको पछिल्लो प्रतिबन्धलाई उत्तर कोरियाद्वारा ‘युद्धको कदम’ को संज्ञा

Loading

बिबिसि । उत्तर कोरियालेसंयुक्त राष्ट्रसंघले प्योङयाङविरुद्ध लगाएको पछिल्लो नाकाबन्दीलाई ’युद्धको कदम’ भएको जनाएको छ । उत्तर कोरियाको बिदेश मन्त्रालयले राष्ट्रसंघको पछिल्लो कदम ’पूर्ण आर्थिक नाकाबन्दी सरह’ भएको र ’अमेरिकालाई निराश बनाउन आफ्नो पारमाणविक क्षमतालाई सुदृढ गर्ने एक मात्र विकल्प भएको’ जनाएको छ ।

यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाको तेल आयातमा ठूलो स्तरमा प्रतिबन्ध लगाउने पक्षमा सर्वसम्मत मतदान गरेको थियो ।

उत्तर कोरियाले हालै क्षेप्यास्त्र परीक्षण गरेकोमा प्रतिक्रियास्वरुप सुरक्षा परिषद्ले कडा प्रतिबन्धहरु लगाउन सर्वसम्मतिले शुक्रवार मतदान गरेको थियो । अमेरिकाले तयार पारेको प्रस्तावमा उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले घटाउनेसहितका कदमहरु समावेश छन् ।

उत्तर कोरियाका प्रमुख व्यापार साझेदारहरु चीन र रुसले पनि प्रतिबन्धको पक्षमा मतदान गरेका थिए । उत्तर कोरियाले पहिल्यैदेखि अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपेली संघका कैयौँ प्रतिबन्धहरु झेलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed