Breaking News.... EverestOnlineKhabar
June 25, 2026

प्रधानमन्त्री देउवाद्वारा ५ दलको बैठक आह्वान,गतिरोध हटाउने विषयमा छलफल

Loading

काठमाडौ,पौष ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय पार्टीहरुको संयुक्त बैठक आह्वान गरेका छन् । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर वाम गठबन्धन र नेपाली कांग्रेस विभाजित बनिरहेका बेला प्रधानमन्त्रीले पहिलोपटक राष्ट्रिय दलहरुको संयुक्त बैठक बोलाएका हुन् ।
भर्खरै सम्पन्न निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम राष्ट्रिय पार्टी बनेका छन् । राष्ट्रिय पार्टी बन्न प्रत्यक्षमा १ सिट र समानुपातिकमा कूल सदर मतको ३ प्रतिशत मत सीमा पार गर्नुपर्ने व्यवस्थाका कारण यसपटक पाँच पार्टीले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन् ।
शुक्रबार बोलाइएको बैठकमा यिनै दलका शीर्ष नेता सहभागी हुनेछन् । बालुवाटार स्रोतले राष्ट्रिय दलको संयुक्त बैठक आह्वान गरिएको जानकारी दिँदै राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनलगायत विषय छलफलको मुख्य एजेण्डा रहेको जनाएको छ । बैठक बिहान ११ बजेपछि बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed