Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

ललितपुर,पौष ।
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा स्थायी कमिटी बैठक बस्न लागेको हो ।
गौतम एमालेका प्रभावशाली नेतामध्ये एक्लो पराजित नेता हुन् । उनी वर्दिया १ बाट कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका हुन् । एमालेले नै अन्तर्घात गरेर गौतमलाई पराजित गरेको भन्दै आन्तरिक छानविन कमिटी बनाइएको छ ।
त्यसबारेमा पनि आज छलफल हुने बताइएको छ । बैठकमा पार्टी एकता, नयाँ सरकार गठन, निर्वाचनको समीक्षा, विवादित अवस्थामा रहेको अध्यादेश लगायतका विषयमा छलफल हुने भएको छ ।
एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । एमालेले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ८० क्षेत्रमा चुनाव जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed