Breaking News.... EverestOnlineKhabar
June 24, 2026

एमाले र माओवादी केन्द्रको एकता जटिल बन्दै, महराले भने–प्रधानमन्त्री र पार्टी अध्यक्ष एउटै व्यक्ति हुँदैन

Loading

दाङ । नेकपा एमालेका नेताहरुले माओवादीसंगको एकतापछि पार्टी अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेता एउटै व्यक्ति हुनुपर्ने अभिव्यक्ति दिइरहेकाबेला माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले दाङबाट त्यसको जवाफ फर्काएका छन । नेता महराले पार्टी एकता हुँदा अध्यक्ष र प्रधानमन्त्री फरक फरक व्यक्ति हुने भन्दै एमाले लाइनको ठीक बिपरित अभिव्यक्ति दिएका हुन ।

महराले भने “पार्टी एकता सम्मानजक हुन्छ, सम्मानजनक पार्टी एकता भनेको पदीय बाँडफाँड सम्मानजनक हुनु पनि हो, अब पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक फरक व्यक्ति हुने दुबै दलबीच सहमति भइसकेको छ ।”

यसअघि एमाले महासचिव ईश्वर पोखरेलले माओवादीसंगको एकतापछि अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलका नेता केपी ओली हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed