![]()
काठमाडौं । काठमाडौं किंग्स इलाभेनले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा चितवन टाइगर्सलाई ३ विकेटले पराजित गरेको छ । अघिल्ला दुई खेल गुमाएको काठमाडौंले तेस्रो खेलमा भने जित निकालेको हो ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा चितवनले दिएको १४३ रनको लक्ष्य काठमाडौंले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । काठमाडौंको जितमा कप्तान परवेज महारुफले ३९ तथा अमित श्रेष्ठले ३८ रन जोडे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन टाइगर्सले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४२ रन जोडेको थियो । चितवनको लागि दिलिप नाथ ४६ रन जोड्दा साबेज खानले २७ रन बनाए । काठमाडौंका कप्तान परवेज महारुफले ३ तथा सागर पुन, बिक्रम भुसाल र अमर रौटेलाले समान एक एक विकेट लिए ।
यो जितसंगै काठमाडौंले ३ खेलबाट २ अंक जोडेको छ । काठमाडौंले लिगको पाँचौ स्थानमा छ ।


