Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक जटिलता नरहेकाले नयाँ सरकार गठन प्रक्रिया आफ्नै ढंगले अघि बढ्ने बताएका छन ।

आफनै निवास भक्तपुरस्थित बालकोटमा बधाई दिन आएकाहरुसंग कुरा गर्दै अध्यक्ष ओलीले समानुपातिकतर्फको निर्वाचनको परिणाम सार्वजनिक हुनेवित्तिकै राष्ट्रपतिले सरकार गठन प्रक्रिया अघि बढाउने बिश्वास व्यक्त गरे । ओलीले भने,‘ सरकार गठन गर्ने प्रतिनिधिसभाको विजनेस हो, कुनै दुविधा नहोस । ’

अध्यक्ष ओलीले सरकारका गतिविधि र अभिव्यक्तिले मुलुकमा भ्रम सृजना भएपनि बिस्तारै सबैले कुरा बुझ्न थालेको बताए ।
सरकारको नेतृत्व लिने तयारीमा रहेका अध्यक्ष ओलीले सरकार गठन प्रक्रिया आफ्नै ढंगले अघि बढने र माओवादी केन्द्रसँगको पार्टी एकतामा पनि विलम्ब नहुने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed