Breaking News.... EverestOnlineKhabar
June 25, 2026

ट्रम्पको सफलता : कर प्रणाली सुधारको योजना स्वीकृत

Loading

बिबिसि । अमेरिकी कंग्रेसले कर प्रणालीमा व्यापक सुधारको योजनालाई स्वीकृति प्रदान गरेको छ । उक्त घटनालाई राष्ट्रपति डोनल्ड ट्रम्पको पहिलो महत्वपूर्ण विधायिकी सफलता मानिएको ।

सिनेटरहरुले रातिसम्म चलेको बहसपश्चात् ४८ का विरुद्ध ५२ मतले उक्त विधेयकलाई स्वीकृत प्रदान गरेका थिए । अब उक्त विधेयकलाई प्रक्रियागत कारणले पुन ः तल्लो सदन प्रतिनिधिसभामा पठाई अन्तिम स्वीकृति दिलाउनु पर्ने छ ।

विधेयकमा के छ ?
अमेरिकी सिनेटले पारित गरेको उक्त विधेयकले अमेरिकी कर प्रणालीमा गत तीन दशक यताकै सबैभन्दा व्यापक फेरबदल ल्याउने ठानिएको छ ।

राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनका सदस्यहरु भन्छन, यसले ठूला व्यापारिक प्रतिष्ठान, साना व्यापार तथा व्यक्तिहरुलाई दिलाउने कर कटौतीले आर्थिक वृद्धिलाई बल र्पुयाउनेछ । तर उक्त कानूनको विपक्षमा भोट दिएका डेमोक्र्याटहरुले चाहिं यसले केबल अति धनीहरुलाई खुशी तुल्याउने बताएका छन् । यस्तो कटौतीले अमेरिकाको राष्ट्रिय ऋणको भार बढ्ने उनीहरुले चेतावनी दिएका छन् ।

विधेयकमा भएका खास व्यवस्थाहरुमध्ये कर्पोरेट करको दरमा प्रस्तावित परिवर्तन पनि हो । विद्यमान कानूनहरु बमोजिम ठूला व्यापारिक प्रतिष्ठान कर्पोरेशनहरुले एक करोड डलरभन्दा बढीको करयोग्य आम्दानीमा न्यूनतम १५ प्रतिशतदेखि लिएर ३५ प्रतिशतसम्म कर तिर्नुपर्थ्यो ।
तर नयाँ योजनाअनुसार त्यो दरलाई सन् २०१८ देखि लागू हुने गरी एउटै २१ प्रतिशत दरमा मिलाइएको छ । यसले व्यक्तिहरुले तिर्ने करको दर पनि अस्थायी रुपमा घटाएको छ ।

साथै, पैतृक सम्पत्ति हस्तान्तरण करहरुमा कमी तथा विदेशमा कमाएका नाफामा लाग्ने करमा पनि कमी प्रस्तावित गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed