![]()
काठमाडौं । नेकपा एमालेकातर्फबाट ललितपुर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा बिजयी उम्मेदवार पूर्व डिआइजी नवराज सिलवालबिरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा परेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सरकारी कागजात कीर्ते गरेको अभियोगमा सिलवालमाथि मुद्दा दायर गरेको हो । सिलवालले नै कार्य सम्पादन मुल्यांकन कीर्ते गरेको आरोपसहित मुद्दा दायर गरिएको छ । यसअघि सर्वोच्च अदालतले अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।
नेपाल प्रहरीको आइजीपी बनाउने बिषयमा सिलवालको मुद्दा लामो समयसम्म सर्वोच्च अदालतमा चलेको थियो ।


