Breaking News.... EverestOnlineKhabar
June 25, 2026

काठमाडौंका बिजयी उम्मेदवारलाई बधाई दिंदै सरकारलाई ओलीको चेतावनी– ‘आफनो सीमा र मर्यादा बुझ’

Loading

काठमाडौं । काठमाडौँ जिल्लामा वाम गठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा विजयी भएका उम्मेदवारहरुलाई एमाले अध्यक्ष केपी ओलीले बधाई दिएका छन ।

संयुक्त वाम गठबन्धन काठमाडौँद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपाल लगायतका नेताहरुलाई बधाई दिंदै प्रमाणपत्र बितरण गरे । वाम गठबन्धनले प्रतिनिधि सभामा काठमाडौँका १० मध्ये ६ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ । प्रदेशसभामा भने २० मध्ये १६ सिटमा वामगठबन्धनले जित हासिल गरेको छ ।

आफनो हैसियत बुझन सरकारलाई चेतावनी
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले जथाभावी नबोली आफनो मर्यादा र सीमामा बस्न सरकारलाई चेतावनी दिए । उनले सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जाने बेलामा तिघ्रा ठटाउन थालेको भन्दै व्यङग्य गरे ।

ओलीले भने, ‘मन्त्रीहरुले हैसियत बुझ्न जरुरी छ । राष्ट्रपतिलाई असंवैधानिक काम गर्न लगाएर विवादमा नतान्नुस, यसले तपाईंहरुलाई पनि राम्रो गर्दैन । ’

सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश असंवैधानिक भएको दावी गर्दै ओलीले उक्त अध्यादेश प्रमाणिकरण गर्नै नमिल्ने बताए । उनले जनमतको कदर गर्न सरकारलाई पुनः स्मरण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed