Breaking News.... EverestOnlineKhabar
June 24, 2026

कांग्रेसले निर्वाचनको समीक्षा गर्न सातै प्रदेशमा रणनीतिक भेला गर्ने

Loading

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको परिणामबारे बृहत समीक्षा गर्ने भएको छ । पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाको बुधबार बानेश्वरमा बसेको बैठकले पार्टीको पक्षमा आएको परिणामबारे सातै प्रदेशमा रणनीतिक भेला गर्ने निर्णय गरेको हो । बैठकले पार्टीको पक्षमा सोचेजस्तो मत परिणाम नआएको भन्दै यसका बारेमा पार्टी्भित्र गम्भीर छलफल गर्नुपर्ने जनाएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पार्टी पराजयबारे वडा समितिबाटै बहस चलाउनु आवश्यक रहेको बताउनुभयो ।

बैठकले कांग्रेस नेतृत्वको वर्तमान सरकारले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण आधारका रुपमा लिइएको निर्वाचन सम्पन्न गराएको भन्दै सरकारलाई धन्यवाद व्यक्त गरेको छ ।

नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले पार्टीले निर्वाचनमा ल्याएको नतिजाबारे महासमितिको बैठक बोलाएर छलफल हुनुपर्ने बताउनुभयो ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पार्टीलाई बलियो बनाउन संगठनलाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।
बैठकले सरकारले राष्ट्रपतिसमक्ष बुझाएको अध्यादेश यथाशीघ्र प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रहसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed