Breaking News.... EverestOnlineKhabar
June 25, 2026

बार्सिलोनाविरुद्ध फिफामा एथ्लेटिको मड्रिडको उजुरी

Loading

एजेन्सी,पौष ।
एथ्लेटिको मड्रिडले बार्सिलोना विरुद्ध विश्व फुटबलको प्रशासकीय निकाय फिफामा उजुरी गरेको छ । आफ्नो क्लबका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई बार्सिलोनाले गैरकानुनी रुपमा अनुबन्धका लागि प्रस्ताव गरेको भन्दै एथ्लेटिको मड्रिडले फिफामा उजुरी दिएको हो ।
२६ वर्षका फ्रान्सेली स्ट्राइकर ग्रिजम्यानले यो वर्षको सुरुमा एथ्लेटिको मड्रिडसँग नयाँ सम्झौता गरेका थिए । यो सम्झौता अनुसार उनी सन् २०२१–२२ सिजनको अन्त्यसम्म एथ्लेटिकोमै रहने छन् । तर पछिल्लो समय उनी एथ्लेटिकोबाट बाहिरिन चाहेको र बार्सिलोनाले उनमा चासो देखाएको खबर आएका थिए । यस्तै उनको नाम म्यानचेस्टर युनाइटेडसहित अरु केही क्लबसँग पनि जोडिएको छ ।
तर एथ्लेटिको मड्रिडले फिफामा बार्सिलोना विरुद्ध मात्रै उजुरी गरेको छ । बार्सिलोनाले ग्रिजम्यानका नजिकका व्यक्ति तथा परिवारका सदस्यसँग कुरा गरेको दाबी गर्दै आएको छ । ला लिगा क्लब एथ्लेटिको मड्रिडले बार्सिलोनाको व्यवहारले फिफाको नियम उल्लंघन भएको भन्दै उजुरी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed