![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठन अघि नै नेकपा एमालेसँग पार्टी एकता गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न केन्द्रीय कार्यालय बैठकले पार्टी एकतापछि मात्रै सरकार गठनको काम अघि बढाउनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।
बैठकले समानुपातिकमा पार्टीको मत कम आउनुमा ६० प्रतिशत क्षेत्रमा माओवादीका उमेदवार नै नहुनु भएको निष्कर्ष निकालेको समेत निष्कर्ष निकालेको छ ।
बैठकले राष्ट्रिय सभा गठनको विषयलाई राजनीतिक रुपमा नै टुंग्याउनुपर्नेमा जोड दिएको छ ।


