Breaking News.... EverestOnlineKhabar
June 25, 2026

इपिएलको उद्घाटन खेलमा ललितपुर प्याट्रियटसले काठमाडौं किंग्स इलाभेनलाई ७ विकेटले हरायो

Loading

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रिएट्सले काठमाडौं किंग्स इलाभेनलाई ७ विकेटले पराजित गरेको छ ।

प्रतियोगिताको पहिलो दिन सोमबार टियु क्रिकेट मैदानमा ९० रनको झिनो लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको ललितपुरले १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । ललितपुरका लागि ओपनर जयकिसन कोल्सवालाले उत्कृष्ट प्रदर्शन गर्दै नटआउट ४४ रन बनाएसँगै जित हात पारेको हो । कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए । त्यस्तै, राजविर सिंह १४ रनमा अविजित रहे ।

यता, काठमाडौंका सोमपाल कामीले आफ्नो दोस्रो बलमा नै पवन सर्राफलाई बोल्ट गर्दै उत्कृष्ट सुरुवात गराएका थिए । सोमपालले १ विकेट लिए भने अक्सु फर्नान्डोले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले खराब प्रदर्शन गर्दै ८९ रनमात्रै बनाएको थियो । काठमाडौं १८.३ ओभरमा अलआउट भएको थियो । काठमाडौंका लागि ओपनर अमित श्रेष्ठले २७ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

प्रतियोगिताको दोस्रो दिन मंगलबार चितवन टाइगर्स र पोखरा राइनोज तथा विराटनगर वारिवर्स र ललितपुर प्याट्रिएट्सबीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed