Breaking News.... EverestOnlineKhabar
June 25, 2026

ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष हुन सक्छन : रावल

Loading

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी अध्यक्ष हुनसक्ने बताउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले दुवै नेता गम्भीर गृहकार्यमा रहेकाले सहमतिबाटै सबै बिषयको टुंगो लाग्ने दाबी गर्नुभयो ।

‘हामी अहिले दुई वटा पार्टीहरुलाई एउटै बनाउने भनेर एकता प्रक्रिया सुरु गरिसकेका छौं, अबको प्रधानमन्त्री केपी शर्मा ओली बन्ने संभावना बढि छ, हामी बैठकहरु बसिरहेका छौं, संयोजन समिति निर्माण गर्ने प्रक्रियामा छौं, एकता गर्दा हामी केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी कमिटिलाई समायोजन गरेर जान्छौं ।’ रावलले भन्नुभयो ।

नेता रावलले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवै नेताहरुलाई आपसी मेलबाट अध्यक्ष र प्रधानमन्त्रीको भूमिका उचित किसिमबाट दिएर सन्तुलनमा राखेर अघि बढ्ने विश्वास दिलाउनुभयो ।

राष्ट्रिय सभाको निर्वाचनको बारेमा रावलले भन्नुभयो,‘ हामीले स्थानीय तहको निर्वाचन हुनुभन्दा अगाडि, कतिपय बैठकमा म आँफैपनि सहभागी थिएँ, हामीले बारम्बार के भन्यौं भने स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आईसकेपछि त्यो परिणामले हामीलाई प्रभावित गर्न सक्छ, हामी प्रभावित भएर यो प्रणालीमा समस्या आउन सक्छ, त्यसकारण अहिले निर्वाचनमा कसले कति मत ल्याउँछ भनेर स्पष्ट नभएकै अवस्थामा यो कानुन बनाईहालौं भनेर बारम्बार आग्रह गरेका थियौं, तर नेपाली कांग्रेस तयार भएन, मलाई आजकाल के लाग्छ भने नेपाली कांग्रेसका नेताहरुमा पहिल्यै नै यस पटकको निर्वाचनमा हारिन्छ कि के हो भन्ने थियो जस्तो लाग्छ, नभए उहाँहरुले त्यतिवेला कानून ल्याउन किन मान्नुभएन ?’

सबै तहको निर्वाचन सम्पन्न भैसकेपछि अहिले सरकारले राजनीतिक सहमति विपरित राष्ट्रिय सभाको निर्वाचनबारे कुरा गर्नु अत्यन्तै अनुचित कुरा भएको उहाँको आरोप थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed