![]()
बिबिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी भिसासम्बन्धमा असन्तुष्टि पोख्दै डीभीमार्फत अमेरिका आएकाहरु तल्लोस्तरका मान्छे भएको बताएका छन ।
ट्रम्पले भने “ डीभी भिसाबाट जथाभावी मानिसहरु चुनिने गर्छन् । हामीले सोच्छौँ कि हामीकहाँ दक्ष मानिस आइरहेका छन तर वास्तवमा हामीलाई धोका भइरहेको छ । बधाई छ तिमी अमेरिका जाँदैछौ भन्दै तिनीहरुले हामीलाई आफ्ना देशका सबैभन्दा काम नलाग्ने मानिसहरु पठाइदिन्छन् । यो कस्तो प्रणाली हो ?”
अमेरिकी आप्रवासीको जनसङ्ख्यामा विविधता ल्याउनका लागि १९९० देखि यस्तो कार्यक्रम सञ्चालन गरिएको थियो । यसमा निवेदन दिन पाउने छुट्टै नियम रहेको छ ।
नेपाल जस्ता अन्य थुप्रै देश यसमा सहभागी हुन पाउँछन् तर क्यानडा, कोलम्बिया, भारत जस्ता देशहरुमा यस्तो प्रणाली लागु गरिएको छैन ।


