Breaking News.... EverestOnlineKhabar
June 25, 2026

अमेरिकामा बिमानस्थलमा बिद्यूत आपूर्ती बन्द हुँदा एक हजार उडान रद्द

Loading

बिबिसि । अमेरिकाको एटलान्टास्थित हार्ट्सफिल्ड ज्याकसन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युत आपूर्ति कटेपछि विमानस्थल आशिंक रुपमा बन्द भएको छ ।

विश्वकै सबैभन्दा व्यस्त उक्त विमानस्थलले दैनिक झण्डै अढाई लाख यात्रु र करिब २५ सय उडानहरु व्यवस्थापन गर्ने गर्दछ । बिजुली गएपछि यात्रुहरु अन्धकारमा नै टर्मिनलमा बस्न बाध्य भएका थिए र उड्न ठिक्क परेका विमानहरु रोकिएका थिए । विमानस्थलमा विद्युत आपूर्ति ढिलो शुरु भएपछि एक हजार भन्दा बढी उडानहरु रद्द भए ।

विमानस्थलले १० घण्टा भन्दा बढी विद्युत आपूर्ति कटौति भएको थियो । भूमिगत विद्युत केन्द्रमा भएको आगलागीले गर्दा विद्युत आपूर्ति बन्द भएको सो विमानस्थलमा विद्युत आपूर्ति सेवा उपलब्ध गराइरहेको कम्पनी जोर्जिया पावरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed