Breaking News.... EverestOnlineKhabar
June 25, 2026

पाकिस्तानको गिर्जाघरमा बन्दुकधारीको आक्रमण, थुप्रै मारिए

Loading

बिबिसि । पाकिस्तानमा एउटा गिर्जाघरमा बन्दुकधारीहरुले आक्रमण गर्दा कम्तिमा ५ जना मारिएका छन भने कैयौं घाइते भएका छन । उक्त घटना क्वेटा शहरमा भएको हो । क्वेटा, अफगानिस्तानसँगको सीमाबाट ६५ किलोमिटरको दूरीमा छ ।

प्रहरी अधिकारी अब्दुल रज्जाक चिमालाई उद्धृत गर्दै बिबिसिले जनाएअनुसार कम्तीमा पाँच जनाको ज्यान गएको छ भने अन्य १५ जना घाइते भएका छन् ।

‘मेथोडिस्ट’ गिर्जाघरमा प्रार्थना भइरहेका बेला आक्रमण भएको क्षेत्रीय गृहमन्त्री सर्फराज बुग्तीले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन ।

सन्दिग्ध आत्माघाती आक्रमण ठानिएको उक्त घटनामा कम्तीमा एकपटक विस्फोट भएको र त्यसपछि बन्दुकधारीहरुले गोली चलाएको विवरणहरुमा जनाइएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । क्वेटा क्षेत्रमा पछिल्लो खालका आक्रमण पटकपटक हुने गरेका छन् ।
त्यस्ता आक्रमण धेरैजसो हजारा शिया समुदायलाई लक्षित गरेजस्तो देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed