Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौं । समानुपातिकको अन्तिम नतिजा अनुसार पाँच पार्टी मात्रै राष्ट्रिय दल बन्न सफल भएका छन् । तीन प्रतिशत थे्रस होल्ड कटाउनु पर्ने व्यवस्थाका कारण नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र मधेसी जनअधिकार फोरम मात्रै राष्ट्रिय दल बन्न सफल भएका हुन् ।

एमाले पहिलो, कांग्रेस दोस्रो
३० प्रतिशत मत ल्याएर एमाले पहिलो दल बनेको छ । प्रत्यक्षमा ८० स्थान जितेको एमालेले समानुपातिकमा ३१ लाख ७३ हजार ४९४ मत ल्याएको छ ।

कांग्रेसले ३१ लाख २ हजार ३८९ मत पाएर दोस्रो दल बनेको छ । कांग्रेसले २९.५४ प्रतिशत मत ल्याएको छ । प्रत्यक्षतर्फ कांग्रेसले २३ सिट मात्रै जितेको छ । १२.३१ प्रतिशत मत ल्याएर माओवादी तेस्रो दल बनेको छ । प्रत्यक्षमा ३६ सिट जितेको माओवादीले समानुपातिकमा १३ लाख ३ हजार ५२१ मत पाएको छ ।

फोरम र राजपा राष्ट्रिय दल
त्यसैगरी ४.४६ प्रतिशत मत ल्याएर राष्ट्रिय जनता पार्टी नेपाल चौथो दल बनेको छ । राजपाले समानुपातिकमा ४ लाख ७२ हजार २५४ मत ल्याएको छ भने ११ स्थानमा जित हासिल गरेको छ । संघीय समाजवादी फोरमले राजपाकै हाराहारी मत ल्याएको छ । उसले ४.४४ प्रतिशत मत प्राप्त गरेको छ । प्रत्यक्षमा १० सिट जितेको फोरमले समानुपातिकतर्फ ४७ हजार २०१ मत प्राप्त गरेको छ।

राप्रपा र नयाँ शक्ति ‘आउट’
१–१ सिट जितेका राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले ३ प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय दलको मान्यता पाउन सकेनन् । विवेकशील साझा पार्टीले २ प्रतिशत मत मात्रै प्राप्त गरेको छ । विवेकशीलले २ लाख १२ हजार ३६३ मत प्राप्त गरेको छ ।

राप्रपाले १.८५ प्रतिशत मत प्राप्त गरेको छ । उसले १ लाख ९६ हजार ७४२ मत प्राप्त गरेको छ । नयाँ शक्ति, जनमोर्चा र नेमकिपाले १ प्रतिशत मत समेत कटाउन सकेनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed