Breaking News.... EverestOnlineKhabar
June 25, 2026

नेकपा माओवादी केन्द्रले एमालेसंग पार्टी एकीकरणबारे भोलि निर्णय गर्दै

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेसंग हुने भनिएको पार्टी एकीकरणबारे भोलि निर्णय गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसबारे ठोस निर्णय गर्न भोलि सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालयको बैठक बोलाएका छन ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएलगत्तै सरकार गठन तथा एमाले र माओवादीवीचको एकताको विषयवारे बहस शुरु भएको हो । एमाले र माओवादीले बामगठबन्धन बनाएर चुनावी तालमेल गरेका थिए । तालमेलसँगै उनीहरुले भविष्यमा पार्टी एकतासम्म जाने निर्णय गरेका थिए ।

तर, पार्टी एकताको धेरै विषय भने टुंगिन वाँकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed