Breaking News.... EverestOnlineKhabar
June 25, 2026

अब लाइन लागेर सार्वजनिक बस चढने व्यवस्था

Loading

काठमाडौं । के तपाईलाई सार्वजनिक बस चढ्दा झण्झट हुने गरेको छ ? छिटो पुगेर पनि धकेलाधकेलमा परेर बस चढ्न पाउनु भएको छैन ? बस चढन नपाएर हिंडैरै जानुपर्ने अवस्था आएको छ ? पक्कै पनि कुनै न कुनै समय यस्तो समस्या जो कोहीलाई आएको हुनुपर्छ । यसो नहोस भनेर भनेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले अबदेखि सार्वजनिक बस चढ्दा लाइन लाग्ने व्यवस्था गरेको छ ।

आइतबारदेखि काठमाडौँ उपत्यकाका १० स्थानमा लाम लागेर सवारी चढ्ने व्यवस्था सुरु गरिएको हो । उपत्यकाको सबैभन्दा बढी यात्रुको चाप हुने एनएसी, रत्नपार्क, भृकुटीमण्डप, सामाखुशी, बानेश्वर, कोटेश्वर, कुपण्डोल, जडीबुटी र चाबहिलमा अब यात्रुले सार्वजनिक यातायात चढ्दा लाइन लाग्नु पर्ने छ ।

बस चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि लाम बसेर सवारी चढ्ने व्यवस्था मिलाइएको हो । अब जो पहिले आएको हो त्यसले पहिलो प्राथमिकता पाउनेछ । अघिल्लो सार्वजनिक यातायातमा चढ्न नपाएका यात्रु लगत्तै पछिल्लोमा जान पाउनेछन् ।

महाशाखाका प्रमुख डिआईजी सर्वेन्द्र खनाल यात्रुले सवारी चढ्दा भोग्नुपरेको दुःखकष्टमा कमी ल्याउन महाशाखाले यस्तो अभियान सञ्चालन गरेको जानकारी दिए । यो अभियान सफल बनाउन महाशाखाले स्काउट र स्वयंसेवकसमेत परिचालन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed