![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले निर्वाचनको नतिजा घोषणासँगै नयाँ सरकार निर्माणको थालनी गर्नुपर्ने बताउनु भएको छ ।
काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित एमाले महासचिव ईश्वर पोखरेलले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता खनालले अब राष्ट्रिय सरकारसँगै सातवटै प्रदेशमा सरकार निर्माणको काम अघि बढाउनुपर्ने बताउनु भएको हो । उहाँले निर्वाचनकाबेला जनतासामु गरेका प्रतिबद्धता र घोषणापत्रमा उल्लेख गरेका वाचा पूरा गर्नु वाम गठबन्धनको कर्तव्य रहेकोसमेत उल्लेख गर्नुभयो ।


कार्यक्रममा अर्का नेता माधवकुमार नेपालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्न ढिलाई गर्न नहुने बताउनु भएको थियो ।


