Breaking News.... EverestOnlineKhabar
August 14, 2026

धेरै कमाउने ‘यू ट्यूव स्टारमा’ ६ बर्षीय बालक (भिडियोसहित )

Loading

एजेन्सी । ६ वर्षको बच्चाले व्यवसायिक काम गरेर कति कमाउन सक्छ ? सबैभन्दा पहिले त उसले व्यवसायिक काम गर्न सक्छ भन्ने कुरामै पत्यार लाग्दैन । तर, रेयान नामका एक ६ बर्षीय बालकले करोडौं कमाएर बालक पनि व्यवसायिक काम गरेर कमाउन सक्छन भन्ने कुराको पुष्टि गरेका छन ।

रेयान यूट्युबका ‘स्टार’ हुन् जो हरेक हप्ता यूट्युबमा खेलौनाको समीक्षा गर्छन्। उनको च्यानल हिट छ र यसबापत् उनका अभिभावकले मोटो रकम थाप्दै आएका फोर्ब्स पत्रिकाले जनाएको छ । रेयानले गत वर्ष १ करोड १० लाख रूपैयाँभन्दा बढी कमाइ गरेका थिए ।
रेयानको ‘रेयान ट्योज रिभ्यु’ च्यानलका भिडियो करोडौंपटक हेरिएका छन् । यो च्यानलमार्फत् उनले आफ्ना दर्शकलाई खेलौनाको ‘छुट्टै संसार’ लैजाने टिप्पणी विश्लेषकले गरेका छन् । सन् २०१५ बाट सुरु भएको उनको च्यानलका भिडियो हालसम्म १६ अर्बभन्दा बढी पटक हेरिएको छ ।

फोर्ब्सले उनलाई सन् २०१७ मा संसारमै धेरै आम्दानी गर्ने यूट्युब स्टारको सूचीमा राखेको छ । कम उमेरमा सबभन्दा धेरै कमाउनेमा रेयानका बारेमा धेरै जानकारी भने नभएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको थर के हो र कहाँ बस्छन् भन्ने पनि आधिकारिक जानकारी छैन । उनी अमेरिकाका हुन् भन्ने चाहिँ पुष्टि भएको छ ।

केही दिनअघि रेयानकी आमाले अमेरिकी अखबार वासिङटनपोस्टलाई एक अन्तर्वार्ता दिएकी थिइन्। त्यसमा उनले रेयानका बारेमा थोरै कुरा बताइन् । ‘रेयान सानै उमेरदेखि खेलौनाको सौखिन थियो,’ उनले भनिन, ‘ऊ टिभी र यूट्युबमा आउने रिभ्यु हेर्थ्यो। तीन वर्ष छदैंदेखि उसको यसमा लगाव छ ।’

रेयानकी आमाले पनि आफ्नो परिचय दिन मानिनन । रेयानको एउटै भिडियो ८० करोडभन्दा बढीले हेरेका छन् । मार्च २०१५ मा सुरु भएको उनको च्यानल सन् २०१६ जनवरीसम्म आइपुग्दा १० लाखभन्दा बढीले ‘सबस्क्राइब’ गरिसकेका थिए । हाल एक करोडभन्दा बढी सबस्क्राइबर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed