![]()
बिबिसि । अष्ट्रियाको कन्जरभेटिभ पिपल्स पार्टीले चरम दक्षिणपन्थी फ्रिडम पार्टीसँग गठबन्धन बनाउने सहमति गरेको छ । संसदीय निर्वाचन भएको दुई महिनापछि यो सहमति बनेको हो ।
चुनावमा पिपल्स पार्टीले जिते पनि सरकार बनाउन आवश्यक बहुमत ल्याउन सकेन । जम्मा ३१ वर्षको उमेरमा पिपल्स पार्टीका जेबास्टियन कुर्ट्ज विश्वकै सबभन्दा कान्छा नेता बन्ने भएका छन् ।
यदि गठबन्धनले सरकार बनाएमा पश्चिम युरोपमा चरम दक्षिणपन्थी पार्टी सरकारमा भएको अष्ट्रिया एक्लो मुलुक बन्नेछ ।
पिपल्स पार्टीका जेबाष्टियन कुर्ट्ज र फ्रिडम पार्टीका हाइन्ज क्रिष्टियन स्ट्र्याखबीच सहमति बनेको हो । सहमति गरे पनि दुई नेताले सरकारका कार्यक्रमबारे विस्तृत विवरण दिएका छैनन ।
फ्रिडम पार्टीका हाइन्ज क्रिष्टियन स्ट्र्याखले कुर्ट्जलाई “ढोँगी“ भनेका थिए ।

उनीहरुले शनिबार सहमतिबारे अष्ट्रियाका राष्ट्रपति र आ–आफ्नो पार्टीलाई जानकारी दिएका छन ।
दुई महिना अघिको चुनावमा युरोपको आप्रवास संकट मुख्य मुद्दा बनेको थियो जुन आप्रवासन विरोधी फ्रिडम पार्टीले लामो समयदेखि वकालत गर्दै आएको थियो ।


