Breaking News.... EverestOnlineKhabar
April 22, 2026

पूर्व प्रधानमन्त्री खनालद्वारा इलामको सूर्योदय नगरपालिका ९ स्थित राष्ट्रिय आधारभूत विद्यालयबाट मतदान, अब विकासको मूल फुटने भनाइ

Loading

इलाम । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट मतदान गर्नुभएको छ । इलाम क्षेत्र नं १ का उम्मेदवार समेत रहनु भएका नेता खनालले बिहान ९ः४० बजे मतदान गर्नुभएको हो ।

म्तदानपछि संक्षिप्त प्रतिक्रिया दिंदै नेता खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण उपलब्धि प्राप्त भएको बताउनुभयो । उहाँले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि देश विकास निर्माण र आर्थिक समृद्धिको बाटोमा उन्मुख हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “देश महत्वपूर्ण र समृद्धिको उन्मुख हुने चरणमा छ, निर्वाचन भएपछि देशमा विकासको मूल फुट्छ ।”

नेता खनालले मतदाता लाइनमा बसेर शान्तिपूर्ण रूपमा मतदान गरिरहेको देख्दा आफू ज्यादै हर्षित र गौरवान्वित भएको अनुभूति व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed