![]()
एजेन्सी । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम तथा सातौं चरणको पहिलो खेलमा नेपालले बुधवार युनाइटेड अरब इमिरेट्स (युएई)को सामना गर्दैछ । नेपाल र युएईबीचको खेल शिख जायद क्रिकेट रंगशालामा नेपाली समय अनुसार बिहान सवा ११ बजे खेल हुनेछ ।
युएइसंगको खेल पूर्व नेपालले त्यहाँ दुईवटा अभ्यास खेल समेत खेलेको छ । केन्यासंगको अभ्यासमा नेपाल बिजयी र अमेरिकासंगको अभ्यासमा नेपाल पराजित भएको थियो । नेपालले शुक्रबार घरेलु टोलिविरुद्ध दोस्रो खेल खेल्ने छ ।
च्याम्पियनसिपबाट डिभिजन टु मा घटुवा भइसकेको नेपाल र युएईबीचको खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हुने छ । नेपाल र युएईले डिभिजन टु बाट विश्वकप छनोटमा पुग्ने मौका भने पाउने छन । डिभिजन टु को शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने प्रावधान रहेको छ । डिभिजन टु सन् २०१८ को फेब्रुअरीमा नामिबियामा हुनेछ ।


