![]()
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँदरमुढे घटनाको गल्ती महसुस गर्दै माडीलाई मणि बनाउने संकल्प गरेका छन् ।
लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेसँग चुनावी प्रतिस्पर्धा बढेपछि मतदाता रिझाउनेक्रममा उनले यस्तो संकल्प गरेका हुन । क्षेत्र नं ३ मा चुनाव जित्न माडी उपत्यका नै निर्णायक देखिएपछि प्रचण्डल माडीलाई सबैखाले विकासको पूर्वाधारयुक्त बनाउने आश्वासन दिएका हुन ।
अध्यक्ष प्रचण्डले १२ वर्षदेखि सम्बोधन गर्न नसकेको बाँदरमुढे घटनाका पीडितहरुसँग तीनबुँदे सम्झौतासमेत गरेका छन ।


