Breaking News.... EverestOnlineKhabar
April 21, 2026

गगन थापामाथिको आक्रमणपछि बोल्यो कांग्रेस, ‘रत्तिभर बिचलित छैनौ ’

Loading

काठमाडौं । नेपाली कांग्रेसले आफना केन्द्रीय सदस्य एवम काठमाडौं ४ का उम्मेदवार गगन थापामाथि बम आक्रमण भएपछि त्यसको कडा शब्दमा निन्दा गरेको छ । नेपाली काँग्रेसले विज्ञप्ती निकालेर यस्ता अबाञ्छनीय गतिविधि गर्नेहरुमाथि कडा कारवाही गर्न मागसहित चेतावनी दिएको छ ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा नेपाली काँग्रेस र लोकतान्त्रिक शक्ति माथि उर्लदो जनसागर देखेर लोकतन्त्र विरोधि तत्वहरुले दिनानुदिन यस्ता गतिविधिहरु गर्ने गरेको बताएका छन् ।

विज्ञप्तीमा नेपाली काँग्रेसलाई विचलित बनाउने गरी गरिएका यस्ता हर्कतहरुले रत्तिभर विचलित नहुने भन्दै मतदाताहरु पनि विचलित नहुन आग्रह गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ ’नेपाली काँग्रेसका नेता, उम्मेदवार तथा कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको यस प्रकारको घृणित कार्य र आक्रमणप्रति नेपाली काँग्रेस घोर भत्र्सना र निन्दा गर्दछ । यस घटनाले शान्तिपूर्ण रुपमा निर्वाचनमाका कार्यक्रमहरु गर्नपाउने नागरिकको नैसर्गिक अधिकार माथि समेत ठाडो उल्लंघन भएको छ । र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । यस प्रकारको अवांञ्छित गतिविभि नदोहोर्याउन नेपाली काँग्रेस चेतावनी पनि दिन चाहन्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed