Breaking News.... EverestOnlineKhabar
April 22, 2026

Loading

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापालाई नै लक्षित गरेर बम प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शी स्थानीय भीम बहादुर श्रेष्ठले बम पड्किनासाथ थापा ढलेको र उठेपछि अन्य घाइतेलाई समाएर रोएको बताए ।

श्रेष्ठ भन्छन, ‘हामी वृद्धाश्रम नजिकैका कार्यकर्ताको घरबाट निस्किएका थियौं । उहाँले नै यहाँ म सबैको घरमा पुगेर भेटेर जान्छु भन्नुभएको थियो । भेट्दा भेट्दै उहाँलाई अर्को कार्यक्रममा जानैपर्ने भयो । उहाँले अब अलि छिटो सकौं भनेर भन्नुभएको थियो । हामी सबै चोकनेर आउँदा ५ सेकेण्ड जतिको फरकमा बम पड्कियो । अर्को कार्यक्रममा पनि जानुछ भन्नुभयो । हामी अघि बढ्दै थियौं । १० फिट अघि मात्रै थियौं । त्यहि बेला ड्याम्म पड्कियो । पछि फर्किएर हेर्दा उहाँ पल्टिसक्नुभएको थियो । उठेपछि अरु घाइतेलाई देखेर रुनुभयो । अनि हामी सबैलाई लिएर अस्पतालतिर लाग्यौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed